जेठ १३, काठमाडौँ । आज मिस नेपाल २०२३ को ग्राण्ड फिनाले हुदैँ छ। मिस नेपाल २०२३ले अहिले केही बेर सम्ममा नयाँ विजेता प्राप्त गर्नेछ। यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।
यस वर्ष २४ जना सुन्दरीले मिस नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । जसमध्येबाट केही सुन्दरीहरु मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थजस्ता तीन ठूला विधाको विजेता घोषणा हुनेछन्।
- न्युज बहार संवाददाता