Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फागुन १ गतेदेखि गोपीकृष्ण हल बन्द हुने

  •   ३ वर्ष अघि | २७ माघ २०८०, शनिबार

माघ २७, काठमाडौँ । राजधानीस्थित चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । उक्त हल गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको थियो भने अहिले आर्थिक संकटको कारण देखाउँदै हल बन्दको घोषणा गरिएको हो । 

यो हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो । प्रबन्ध निर्देशक  निरक पौडेलले आउँदो फागुन १ गतेदेखि हल बन्द हुने जानकारी दिएका हुन । 

पौडेलले जारी गरेको विज्ञप्तिका अनुसार कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नु परेको हो।

 

  • न्युज बहार संवाददाता

थप