साउन २०,
काठमाडौँ । ५६ दिन लगाएर आजदेखी चलचित्र ‘परिवर्तन’को छायाङ्कन सकिएको छ ।
चलचित्रका
दुई गीतहरू बाहेक अन्य छायाङ्कन सकिएको निर्माता दीपक सिवाकोटीले जनाएका छन । निर्माता
सिकाकोटीका अनुसार चलचित्रमा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको
छायाङ्कन हुन भने बाँकी रहेको छ । झापाका विभिन्न स्थानहरूका साथै विराटनगरमा
फिल्मको छायाङ्कन गरिएको थियो ।
विजय
केरुङको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, बुद्धि तामाङ, गौतम तिवारी सूर्यवंशी, करिश्मा मानन्धर, सुवास मेचे, आशा पौडेल, पुकार भट्टराई, हेमन्त बुढाथोकी
लगायत
कलाकारहरूको अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता