जेठ ९, काठमाडौँ । फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मको छायांकन काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो भनेयस फिल्मको निर्देशक लामाले फिल्मको सम्पूर्ण छायांकन ३३ दिनमै सकिएको बताएका छन।
अब यस फिल्मको युनिट पोस्ट प्रोडक्सनमा लाग्ने बताइएको छ ।
फिल्ममा दयाहाङ राई, कार्म, मिरुना मगर, साम्राज्ञी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, अंकित खड्का, विशाल पहाडी, राज थापा, पुष्कर गुरुङ, कमलमणि नेपाल, निमा पाण्डे, घनुभाइ जोशी लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।