Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘पुजार सार्की’को छायाङ्कन सुरु, शुभ मुहूर्त कास्कीकोटमा

  •   ३ वर्ष अघि | १७ माघ २०८०, बुधबार

माग १७, पोखरा । तिन अभिनेताहरु पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को शुभमुहूर्त भएको छ । कास्की जिल्लाको कास्कीकोटमा मंगलबार भएको मुहूर्तसँगै चलचित्र छायाङ्कनमा उत्रिएको छ ।

चलचित्र युनिटले यसअघि आइतबार फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको थियो । शुभ मुहूर्तका लागि युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको छ । सोही गाउँमा चलचित्रको छायाङ्कन हुने बताइएको छ ।

यो फिल्मलाई ‘प्रकाश’ फेम्ड दिनेश राउतले निर्देशन गर्नेछन भने यस फिल्मलाईविकास सुवेदीले लेखेका हुन् ।  यो चलचित्रमाजातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको निर्देशक राउतले बताएका छन् । 

  • न्युज बहार संवाददाता

थप