Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘कोशेढुंगा’ प्रदर्शनको दोस्रो सातामा, सकारात्मक ‘वर्ड अफ माउथ’ले फाइदा

  •   १ वर्ष अघि | २२ भदौ २०८२, आइतवार

भदौ २२, काठमाडौँ । सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ प्रदर्शनको दोस्रो सातासम्म पनि राम्रो दर्शक आकर्षित गर्न सफल भएको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले सकारात्मक ‘वर्ड अफ माउथ’को फाइदा उठाउँदै देशभरका हलहरूमा राम्रो उपस्थिति कायम राखेको छ।

निर्देशक पौडेलका अनुसार, विशेष गरी शुक्रबार र शनिबार फिल्मले उल्लेख्य संख्यामा दर्शक तानेको छ। उनका अनुसार दर्शकहरूले फिल्मको कथा र कलाकारहरूको अभिनय निकै मन पराइरहेका छन्।

निर्देशक पौडेलको धारणा अनुसार अहिलेका दर्शकहरू ‘कन्टेन्ट बेस्ड’ अर्थात् विषयवस्तुमा आधारित चलचित्रतर्फ आकर्षित भइरहेका छन्। कार्यकारी निर्माता दिनेश खड्काले ‘कोशेढुंगा’ नेपाली समाजको घरघरको कथा बोकेको चलचित्र भएकाले दर्शकबाट प्रशंसा बटुलिरहेको बताए।

यद्यपि, फिल्मको आधिकारिक बक्स अफिस रिपोर्ट भने अझै सार्वजनिक भएको छैन।

  • न्युज बहार संवाददाता

थप