फागुन
२४, काठमाडौँ । फिल्म ‘अञ्जिला’ को धरानमा प्रिमियर गरिएको छ । फागुन
२९ गतेबाट देशभर सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मको शुक्रवार साँझ धरानको
फ्रेन्ड्स सिनेमाजमा प्रिमियर आयोजित गरिएको हो । फिल्मको प्रिमियरमा चलचित्र
युनिट, खेलाडी
रस्थानिय पत्रकारको उपस्थिति रहेको थियो ।
यो फिल्म
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो
सुब्बाको जीवनीमा आधारित रहेर निर्माण गरिएको छ । फिल्मको कोरिया, हङकङ
र
बेलायतपछि धरानमा प्रिमिएर गरिएको हो ।
फिल्ममा एन्जिला तुम्बापो
सुब्बाको अलवा प्रेम कुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ र माओत्से गुरुङको मुख्य
भूमिका रहेको छ ।
- न्युज बहार संवाददाता