Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सन् २०२४ को प्रतीक्षित फिल्ममा ‘फाइटर’ पहिलो नम्बरमा

  •   ३ वर्ष अघि | १८ पुस २०८०, बुधबार

पुस १८, काठमाडौँ । बलिउडको लाइनअप सन् २०२४ मा रोचक छ । फ्यानहरु आगामी फिल्मलाई लिएर उत्साहित रहेका छन् । भारतीय सञ्चारमाध्यमले एक सातादेखि नयाँ वर्षका प्रतीक्षित फिल्मको सूची ल्याइरहेका छन् ।

ऋतिक रोशन र दीपिका पादुकोण स्टारर ‘फाइटर’ वर्ष २०२४ कै सबैभन्दा प्रतीक्षित फिल्म बनेको यस्तोमा बलिउड वेब पोर्टल पिंकभिल्लाको एक फ्यान सर्वेक्षणले जनाएको छ।

भारतको पहिलो एरियल–एक्सन भनिएको यो फिल्मप्रति सर्वेक्षणमा सहभागी फ्यानले रुचि दर्शाएका छन् ।

११ फिल्मबीचको सर्वेक्षणमा ‘फाइटर’ले सबैभन्दा धेरै ४७ प्रतिशत मत प्राप्त गरेको छ । दोस्रो स्थानमा भने अलि अब्बास जफर निर्देशित अक्षय कुमार र टाइगर श्राफ स्टारर ‘बडे मिया छोटे मिया’ रहेको छ । त्यस्तै सर्वेक्षणमा प्रत्येक फिल्मलाई निकै प्रतिस्पर्धात्मक मत प्राप्त भएको छ । 

  • न्युज बहार संवाददाता

थप