फागुन १,
काठमाडौँ । दुर्गेश थापाले आफूमाथि स्टेजमै जुत्ता प्रहार हुनुको दोष अभिनेता पल
शाहलाई लगाएका छन । उनले पल शाहको गल्तीको परिणाम आफूले भोग्नु परेको दाबी समेत गरेका
हुन ।
उनका अनुसार पल शाहको काण्डको कारण उनीमाथी जुत्ता प्रहार भएको हो । उनले भने ‘पलको विषयमा म दोषी छैन, त्यही कुरा पलबाट क्लियर गराउन खोजेको छु तर पल शाह मसँग भागेर हिँडेका छन् ।’
दुर्गेशले पललाई फसाएको हो वा होइन भनेर मिडियाको अगाडि सँगै कुरा गरौँ भन्दा पल शाह भागेर हिँडेको आरोप लगाएका छन ।
- न्युज बहार संवाददाता