Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दिपक दिपाको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा

  •   ३ वर्ष अघि | २९ भदौ २०८०, शुक्रबार

भदौ २९, काठमाडौँ । ९ करोडको लागतमा दीपाश्री निरौला र दीपकराज गिरीले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरेको आइइनआइ सिनेमाज् आजबाट सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकालले शुक्रवार आयोजित एक कार्यक्रमकाबीच रिवन काट्दै हलको शुभारम्भ गरेका हुन ।

अध्यक्ष ढकालले कार्यक्रममा बोल्दै अभिनयमा रमाइरहेका व्यक्तिले हल सञ्चालन गर्नु निकै राम्रो कार्य भएको बताएका छन । उनको  धारणा अनुसार मानिसहरुलाई व्यवसायमा लाग्न कन्फिडेन्स नभएको अवस्थामा दीपक–दीपाको हलले एउटा सकारात्मक सन्देश छोडेको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, निर्माता तथा हल व्यवसायी नरेन्द्र महर्जन, निर्देशक सम्झना रौनियार उप्रेती, निर्देशक नबल नेपाल, कलाकार निर्मल शर्मा ‘गैडा’ लगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।

  • न्युज बहार संवाददाता

थप