भदौ ८, काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाले ९ करोडको लागतमा निर्माण गरेको नयाँ फिल्म हल १८ भदौदेखि संचालनमा आउने भएको छ । बानेश्वरस्थित शंखमुल रोडमा निर्माण सम्पन्न भएको फिल्म हलको उदघाटन भदौ १८ गते हुने भएको छ ।
उक्त मल्टिप्लेक्स हल १८ गते औपचारिक उद्घाटन सहित संचानलमा आउन लागेको हो । हलका संचाल समेत रहेकी कलाकार निर्देशक दीपाश्री निरौलाले हलको उद्घाटन १८ गते राखिएको बताइन् ।
दीपाले भनिन् ‘हलको सम्पूर्ण निर्माण कार्य सकिएको छ, त्यसैले उद्घाटन कार्यक्रमसहित संचालनमा ल्याउन लागिएको हो, छक्का पन्जा ४’ फिल्म उद्घाटनको दिन हलमा फिल्म लाग्ने छ ।’
यस हल आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हो भने यसमा दुईवटा अडिटोरियम सहित दुई–दुई सय दर्शक क्षमता रहेको ।
- न्युज बहार संवाददाता