असार ४, काठमाडौँ । सोमबारदेखि ‘आदिपुरुष’ फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ ।
देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको ब्यांकटेस फिल्म्स कम्पनीका निर्देशक मनोज राठीले बताएका छन । फिल्मको नेपाल वितरण कम्पनीको निर्णय पछी सबैतिर फिल्मको प्रदर्शन रोकिएको उनले जानकारी गराएका छन ।
हल व्यवसायीले सोमबारदेखि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् ।
- न्युज बहार संवाददाता