साउन ११, काठमाडौँ । हिमालय रोडिज सिजन-५ सँग डान्सर सुशान्त खत्री जोडिएका छन् ।
यसबारे आधिकारिक सामाजिक सञ्जालको ह्यान्डलबाट रोडिजले टिजर सार्वजनिक गर्दै जानकारी दिएको हो ।
सार्वजनिक टिजर हेर्दा सुशान्तले प्रतिस्पर्धी भएर रोडिज ज्वाइन गरेका हुन् या होइनन् भन्नेबारे भने बुझ्न सकिएको छैन। यसबारे टिजरमा खुलाइएको छैन संकेत भने गरिएको छ ।
रोडिजले टिजर सार्वजनिक गर्दा लेखेको छ, ‘हिमालय रोडिजसँग सुपरस्टार डान्सर सुशान्त खत्री जोडिएका छन् । के उनले प्रतिस्पर्धीको रुपमा भाग लिन लागेका हुन् वा होइनन् । पक्कै पनि यसको उत्तरले तपाईंलाई चकित बनाउने छ ।’
सुशान्तलाई आफ्नो अफिसियल भिडियोमा समेटेरप्रस्तुत रोडिजले टिजर सार्वजनिक गरेको हो ।
- न्युज बहार संवाददाता