माघ १६, काठमाडौँ । सिनेमा हलहरु करको विरोधमा बन्द हुने भएका छन ।
नेपाल
चलचित्र संघका अनुसार माघ २२ गते देशभरका सिनेमा हल चलचित्र विकास शुल्क र स्थानीय
मनोरञ्जन करको विरोधमा बन्द हुने छ।
आज मंगलबार
नेपाल चलचित्र संघले विज्ञप्ति जारी गर्दै अव्यावहारिक करहरुको खारेजीको माग गर्दै
सांकेतिक रूपमा आगामी माघ २२ गत सोमबार मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय
भएको जनाएको हो ।
मूल्य
अभिवृद्धि करबाहेकका कर खारेजीको माग संघले गरेको छ।
विज्ञप्तिमा
उल्लेख गरिए अनुसार संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३
प्रतिशतभन्दा बढी कर तिर्न बाध्य गरेको हो।
नेपालमा अहिले
१५० सिनेमा हलहरु सञ्चालनमा रहेका छन ।
- न्युज बहार संवाददाता