माघ २२, काठमाडौँ । मुलुकभरका फिल्म हल आज सोमबार बन्द हुने भएका छन् । सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय नेपाल चलचित्र सङ्घले गरेको हो ।
सङ्घका अनुसार विभिन्न करहरूको नाममा चलचित्र क्षेत्रलाई ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको र मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिताविपरीत थप कर लगाइएको छ ।
सङ्घले यसरी लगाइएको संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गरेको छ ।
- न्युज बहार संवाददाता