बैशाख ४, काठमाडौं। गत वर्ष २०७९ सालमा रिलिज भएर २०८० साल सुरु हुदा सम्म हलमा चलिरहेको ब्लकबस्टर फिल्म ‘छक्कापञ्जा ४’ ले आउँदो शनिवार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ। गत वर्ष २०७९ मा रिलिज भएका ‘कबड्डी ४’ र ‘महापुरुष’ले पनि प्रदर्शनको ५१ औं दिन मनाएका थिए।
अहिले समयमा फिल्म रिलिज भएर दोस्रो दिन नै हलवाट निकालिएको सत्यलाई हेर्ने हो भने कुनै फिल्मले ५१ औं दिन मनाउनु आफैंमा महत्वपूर्ण क्षण हो।
यही समयमा छक्कापञ्जा ४ ले भने दुई दर्जनभन्दा बढी हलमा ५१ दिन पूरा गर्दैछ। यही अवसरमा निर्माता तथा अभिनेता दीपकराज गिरीले आगामी शनिबार एक वनभोज स्थलमा फिल्मको ५१ औं दिन समारोह आयोजना हुने बताएका छन।
वनभोज स्थलमा फिल्मको ५१ औं दिनको सफलता मनाउने उनले बताएका छन। यस दिन फिल्मको सफलतामा योगदान पुर्याउनेलाई सम्मान समेत गरिने उनले जानकारी गराएका छन।
- न्युज बहार संवाददाता