असार १९, काठमाडौँ। बलिउड अभिनेता शाहरुख खान दुर्घटनामा परेको हिन्दुस्तान टाइम्सले जनाएको छ। उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेको जनाइएको छ। उनलाई दुर्घटना पश्चात अस्पताल लगिएको छ ।
शाहरुख खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनका नाकमा चोट लागेको जानकारी भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतले दिएको छ ।
उनलाई तत्काल अस्पताल लगिएको इन्डिया टुडेको स्रोतलेजनाएको छ। यता उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी हिन्दुस्तान टाइम्सले जनाकारी दिएको छ ।
- न्युज बहार संवाददाता