Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सिद्धू मुसेवालाको हत्या गरेजसरी सलमान खानको पनि हत्या गर्ने योजना बनेको थियो

  •   २ वर्ष अघि | १९ असार २०८१, बुधबार

असार १९, काठमाडौँ । १४ अप्रिलमा बलिउड सुपरस्टार सलमान खानको घरबाहिर केही राउन्ड फायरिङले मानिसहरुलाई अचम्भित बनायो । प्रहरीले यस घटनामा तुरुन्तै कारवाही गर्दै अनुसन्धान सुरु गरी आरोपीलाई पक्राउ समेत गरेको थियो ।

नयाँ मुम्बई प्रहरीले अहिले पनि घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा प्रहरीले लरेन्स बिश्नोई ग्याङका ५ जना आरोपीविरुद्ध मुद्दा दायर गरिसकेको छ । सलमानलाई पनि सिद्धू मुसेवालाको हत्या गरेजसरी हत्या गर्ने पक्राउ परेका आरोपीले योजना बनाएको प्रहरीले दाबी गरेको छ ।

विश्नोई ग्याङले सलमान खानको हत्या गर्नका लागि २५ लाख भारु सुपारी दिएको समेत अनुसन्धानमा खुलेको प्रहरी अधिकारीले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप