फागुन
१३, काठमाडौँ । फिल्म ‘सिटामोल’
मा अभिनेता
सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहनेछ । बिगतको फिल्म झाय्नाकुटी
मा जस्तै यो फिल्ममा पनि सौगात र बेनिशा रोमान्टिक जोडी अर्थात श्रीमान-श्रीमतीको
रूपमा देखिदैँ छन ।
‘सिटामोल’
फिल्मको
केही तस्बिर निर्माण युनिटले सार्वजनिक गरेको छ । सार्वजनिक तस्बिरमा सौगात र
बेनिशाको रोमान्टिक अवतार देख्न सकिन्छ ।
राजबहादुर
साने यस फिल्मका निर्देशक हुन् । सिन्धुलीमा २५ दिन फिल्मको छायाङ्कन गरिएको छ भने
अव फिल्मको काठमाडौँका केही दृश्य र गीतको छायाङ्कन बाँकी रहेको निर्देशक सानेले जनाएका
छन ।
- न्युज बहार संवाददाता