फागुन ४, मोरङ।
कलाकार पवन खतिवडा ‘म्याकुरी’ मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा
पक्राउ परेका उनी हिरासतबाट
छुटेका छन्।
‘सामान्य विवाद भएको थियो। अहिले मिलापत्र गरेर गइसक्नुभयो,’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए ।
यता कमेडियन कलाकार खतिवडाले भने आफुले कुटपिट नगरेको दावि गर्दै सञ्चार
माध्यममा आएका आफ्नो पछिल्लो समाचारबारे स्पष्टिकरण दिएका छन उनि भन्छन “मैले जाड खाएर झगडा गरेर कस्को टाउको फुटाए
रे? कस्ले दियो प्रमाण? म घटना भाको स्थान मा भएको कारण प्रहरिले अनुसन्धान गर्न लगेको हो । उनिहरु
साथी साथी झगडा गरेका हुन ।”
उनि अगाडी भन्छन “मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरि
कसैमाथी हमला गरेको छैन। झगडा बाट टाढै भाग्ने मान्छे लाई अधारहिन समाचार राखेर
बदनाम गराउन खोजेका छन्, टाउको फुटाउने र फुटाइखाने दुबै मिलि सके अनि बिचमा परेको म चै
बलिको बोका? स्वयम पिडित जीवन कार्किलाइ सोध्नुस बेलबारी
प्रहरिलाइ सोध्नुस के हो वास्तविकता।”