साउन २१, काठमाडौँ । फिल्म ‘क्यामिनो’मा आना शर्मा को इन्ट्री भएको छ । ‘क्यामिनो’मा आना शर्मा जोडिएकी छन् भने यसमा प्रदीप खड्काको शीर्ष भूमिका रहने छ ।
अभिनेत्री शर्मासँग फिल्मबारे मौखिक सहमति भएको निर्देशक दीपक वलीले जनाएका छन र उनले केही दिनमा लिखित सम्झौता पनि हुने बताइएको छ ।
यो फिल्ममा अब आनाले प्रदीपको अपोजिटमा अभिनय गर्ने छिन । यसबाहेक फिल्ममा प्रवीण खतिवडा, रविन्द्र झा, विदेशी अभिनेता कार्लोस र भोलाराज सापकोटा लगायत जोडिएका छन
- न्युज बहार संवाददाता