जेठ २९, काठमाडौँ । ३२ वर्षपछि भारतीय फिल्म क्षेत्रका दुई दिग्गज अभिनेता अमिताभ बच्चन र रजनीकान्त एउटै फिल्ममा देखिने भएका छन् । रजनीकान्तको आगामी फिल्म ‘थलाइवर १७०’मा अमिताभ बच्चनले केमियो गर्नसक्ने सम्भावना मिडिया रिपोर्टले बताएका छन ।
यतिबेला रजनीकान्त आफ्नो फिल्म ‘जेलर’को सुटिङमा व्यस्त रहेका छन् । यो फिल्मको सुटिङ सकिएपछी उनी निर्देशक टीजे ज्ञानवेलको फिल्म ‘थलाइवर १७०’ मा देखिदैछन् ।
रजनीकान्तको यो फिल्म आफ्नो करिअरको १७० औं फिल्म हुनेछ फिल्मलाई अर्को वर्ष रिलिज गर्ने तयारी रहेको छ । यस फिल्ममा केमियो रोलको लागी बिग बीलाई अफर गरिएको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने आइसकेको छैन यदि बच्चनले केमियो गरेमा यस फिल्मा ३२ वर्षपछी दुबै जना सँगै हुनेछन। यस फिल्लमा तमिल अभिनेता सूर्याको पनि केमियो देख्न पाइएने छ।
पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा अमिताभ बच्चन र रजनीकान्त सँगै देखिएका थिए ।
- न्युज बहार संवाददाता