Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘ऊनको स्वीटर’को आक्रामक सुरुवात

  •   १ वर्ष अघि | २७ बैशाख २०८२, शनिबार

वैशाख २७, काठमाडौँ । हिजो शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ले आक्रामक सुरुवात गरेको छ । यो फिल्म हिजो देखि देशव्यापी प्रदर्शनमा आएको हो । यो फिल्मले पहिलो दिनमै १९० शो पाएको थियो । पूर्व–पश्चिमका मल्टिप्लेक्स र सिंगल थिएटरदेखि काठमाडौँ उपत्यकाको  सबैजसो हलहरुको सबै शोमा फिल्मले दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।

वितरक गोविन्द शाहीका अनुसार अधिकांश हलमा प्रायः सबै शो हाउसफुल भएका छन । हल सञ्चालकहरूले पहिलो दिनको यो सफलताले उत्साहित भएर शनिबारका लागि शो सङ्ख्या बढाएका छन् । आज शनिबार बिहानैदेखि अधिकांश हल हाउसफुल भएको जानकारी प्रप्त भएको छ । अहिले यो फिल्म ३०० भन्दा बढी स्क्रिनमा प्रदर्शन भइरहेको वितरक शाहीले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप