Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बलिउड अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ

  •   २ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २,  काठमाडौँ । बलिउड अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ भएको छ । मुम्बईस्थित अभिनेता सलमान खानको निवास बाहिर हवाई फायरिङ भएको हो । बान्द्रामा रहेको सलमानको घर बाहिर आज आइतबार बिहान ५ बजेतिर मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका जनाइएको छ । अहिले यो घटनाबारे मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मुम्बई प्रहरीका अनुसार कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको छ । लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । अहिले सलमानको सुरक्षालाई व्यवस्थालाई प्रहरीले थप बढाएको छ ।

  • न्युज बहार संवाददाता

थप