फागुन ११, काठमाडौँ । अभिनेत्री रेखा थापाले अमेरीकामा आफ्नो पहिलो सन्तान छोरीलाई जन्म दिएकी छन् । अभिनेत्री थापाको छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । उनले आफ्नो पहिलो सन्तानलाइ अमेरिकाको कोलोराडोको अस्पतालमा दिएकी हुन् ।
उनले आफ्नो सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले लेखेकी छीन ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ, वैभवी राज्यलक्ष्मी शाही ठकुरी।’
- न्युज बहार संवाददाता