भदौ ११, काठमाडौँ । अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा अभिनेत्री नम्रता श्रेष्ठले पहिलोपटक मुख खोलेकी छन् ।
आज सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै
उनले आफू महिला भएकै कारण सामाजिक आक्रमणमा परेको, सामाजिक आक्रमण भएको बताएकी छिन
।
यससँगै उनले स्टाटसमा आफ्नो मौनतालाई कमजोरी नठान्न समेत अपील गरेकी छन् । नम्रताले सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको जनाएकी छिन ।
‘जस्टिस फर सारुक’ लेख्दै नम्रताले सारुकप्रति न्यायको माग
समेत गरेकी छन् ।
- न्युज बहार संवाददाता