Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अभिनेत्री दीया पुनले किलिमन्जारोको आरोहण गर्ने ।

  •   ३ वर्ष अघि | २४ साउन २०८०, बुधबार

साउन २४, काठमाडौँ । अभिनेत्री दीया पुनले किलिमन्जारोको आरोहण गर्ने भएकी छिन । अभिनेत्री दीयाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गर्न लागेकी हुन । उनले २७ साउनबाट उक्त हिमालको आरोहण थाल्नेछिन् ।

उनी किलिमन्जारो आरोहणका लागि अहिले अफ्रिका पुगिसकेकी छन् । ७ महादेशका अग्ला हिमाल चढ्ने लक्ष्य मध्य ५ हजार ८ सय ९५ मिटर उचाइको किलिमन्जारो चढेसँगै उनको तीन अग्ला हिमालको आरोहण सपल हुनेछ।

अघिल्लो वर्षको जेठमा दीयाले विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा र आठौँ अग्लो हिमाल मनासलु  समेत सफलता पूर्वक आरोहण गरेकी थिइन् । त्यसैगरी सन् २०१८ मा अर्जेन्टिनास्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको पनि उनले आरोहण गरेसकेकी छन।

  • न्युज बहार संवाददाता

थप