Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अभिनेत्री आँचल शर्मा आफैँले बोलेको कुराले विवादित।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

चैत २०,काठमाडौं। आँचल शर्मा बोल्न सिपालु अभिनेत्रीहरुको सुचिमा पर्ने अभिनेत्री हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी आफ्नो बोलीले गर्दा विवादित बन्न पुग्छीन। उनि कहिले काहीँ के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आइरहेकी छिन् ।

अहिले पनि नेपाली बजारमा उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको विषय ‘द प्रकाश सुवेदी सो’ मा प्रस्तोता प्राकाश सुवेदीसँग दिएको एक अन्तवार्ता हो । जसमा उनले भलिबल खेलाडी सिपोरा गुरुङको बारेमा कोट्याएकी छिन् ।

कार्यक्रममा प्रस्तोता प्राकाश सुवेदीले आँचललाई सिपोरा गुरुङको तस्विर देखाएर लाई कसरी चिन्नुहुन्छ भन्ने प्रश्न गरेका थिए । जसको उत्तरमा आँचलले सिपोरालाई भलिबल खेलाडी र उदिपको पूर्व प्रेमिका भनेकी छन् । सञ्चालक सुवेदीले बोलचाल हुन्छ भनेर फेरि प्रश्न सोध्दा उनले आफूसँग त्यति ठूलो मुटु नभएको र आफ्नो श्रीमान्को पूर्व प्रेमिकासँग कसरी सम्बन्ध बनाउन सकिन्छ भन्ने जवाफ दिएकी छन् ।

आँचलका श्रीमान उदीप श्रेष्ठ हुन् । उनी सिपोराको प्रेममा समेत थिए भन्ने कुरो हालसम्म मिडियामा औपचारिक रुपमा आएको थिएन । तर, आँचलले भने मिडियाको कार्यक्रम मार्फत सबै कुरो खोलि दिएकी छिन । यो कुरोमा आँचलका श्रीमान उदीपलाई आपत्ति नहुन सक्छ। तर सिपोराको व्यक्तिगत बिषय उनले मिडिया मार्फत खुलासा गरेको विषयलाई लिएर उनि अहिले सबैको निशानामा परेकी छिन उनको अहिले सबैले आलोचना गरिरहेका छन। 

  • न्युज बहार संवाददाता

थप