असोज ७, काठमाडौँ
। आगामी तिहारको लक्ष्मी पूजा अर्थात कार्तिक १५ देखि सार्वजनिक प्रदर्शनमा आउने
फिल्म ‘एक्टरः
टेक वन’ ले आफ्नो
आधिकारिक प्रचार सुरु गरेको छ । फिल्मले एकसाथ तीन नयाँ पोस्टरहरू सार्वजनिक गर्दै
यसबारे जानकारी दिएको हो ।
सार्वजनिक
पोस्टरमा फिल्ममा मुख्य कलाकार प्रदीप खड्का, दिव्या रायमाझी र आना शर्मालाई
समावेश गरिएको छ । सार्वजनिक पोस्टरबाट फिल्म त्रिकोणात्मक प्रेमकथामा निर्माण
भएको अनुमान सजिलै लगाउन सकिन्छ । यस फिल्मको निर्देशन राजन भुसालले गरेका हुन भने
फिल्ममा प्रदीप, आना र
दिव्याका साथै राजबल्लभ कोइराला, उषा रजक, दिव्य देव र सुशील सिटौलालगायतको अभिनय रहेको
छ ।
- न्युज बहार संवाददाता