Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अभिनेता सारुक ताम्राकारले आफ्नै निवासमा गरे आत्महत्या।

  •   ३ वर्ष अघि | २२ असार २०८०, शुक्रबार

असार २२, काठमाडौँ ।  सारुक ताम्राकारले आत्महत्या गरेका छन् । अभिनेता समेत रहेका ताम्राकारले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन ।

उनले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेको रेग्मीले बताएका छन। सारुक रातोपुल स्थित गरमा बुबा आमसँगै बस्दै आएका तिए तर हिजो बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् ।

कलाकार सानु ताम्राकारका छोरा हुन सारुक । उनी हाल फिल्म ‘ह्यासट्याग माया’को  छायाङ्कनमा व्यस्त थिए छ । यस फिल्ममा उनी मुख्य अभिनेता समेत रहेका थिए। बिहीबार पनि  उनी बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । रेग्मीले भने ‘बिहीबार बिहानसम्म सुटिङ गरेर फर्किएका हिरोको अचानक बेलुका यस्तो खबर आएपछि हामी सारुकको घर पुगेको थियौ, उहाँको निधनले हामी निकै दुःखी भएका छौ ।’ यसका साथै रेग्मीले सारुको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको जानकारी दिएका छन ।

सारुक ताम्राकारले ‘मेरी मामु’, ‘ईन्टु मिन्टु लण्डनमा’, ‘नमरी बाचे’ ‘रानी’ , लगायत फिल्म अभिनय गरिसकेका छन।

  • न्युज बहार संवाददाता

थप