फागुन १५, काठमाडौं । मुद्दामा उच्च अदालत पोखराबाट बाल यौन दुरुपयोगको सफाई पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन्। शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले शाह आज सोमबार रिहा हुने जानकारी उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले दिएकी छिन । जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट उनि आज रिहा हुने छन ।
आइतबार उच्च
अदालत पोखराका न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र डिल्लीराज आचार्यको संयुक्त
इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार आवश्यक
प्रक्रिया पुर्याउन ढिला हुने र कार्यालय
समय सकिइसकेकाले शाह सोमबार रिहा हुन लागेका हुन् । पल शाहको स्थायी घर दाङ भएपनी रिहा
भएपछि उनि काठमाडौं आउने स्रोतले बताएको छ ।