बैशाख २८, काठमाडौँ। ‘पशुपतिप्रसाद’को दोस्रो श्रृंखला ‘भष्मेडन’ नामक फिल्मको अहिले छायांकन चलिरहेको छ।
उक्त फिल्म छायांकन नसकिंदै ठूला अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको जानकारी प्राप्त भएको छ। ।
यो फिल्म दशैंको समय पारेर आगामी कात्तिक ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ ।
स्वदेशसहित अधिकांश विदेशी बजारमा सोही दिनमा प्रदर्शन गरिने निर्देशक दीपेन्द्र के खनालले बताएका छन ।
यस फिल्मको बारेमा कुरा गर्दै उनले फिल्मको विदेश राइट्स बिक्री भइसकेको छ भने उक्त बिक्री बापत दुई करोड रुपैयाँभन्दा बढी नेट कलेक्सन भएको छ ।
‘भष्मेडन’ फिल्म युरोपेली मुलुक, मलेसिया, दक्षिण कोरिया, अमेरिका, जापान, अष्ट्रेलियामा प्रदर्शन हुने निश्चित भइसकेको छ।
- न्युज बहार संवाददाता