Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

‘पुजार सार्की’मा अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक

  •   ४ महिना अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ। नेपाली चलचित्र जगतमा पछिल्लो समय प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह तीन नायकको अभिनय रहेको चलचित्र पुजार सार्कीको चर्चा राम्रै भइरहेको छ । पुजार सार्की निर्देशक दिनेश राउतले यसै चर्चाबिच यस फिल्ममा अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । यसअघि नै पुजार सार्कीमा प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने सार्वजनिक भइसकेको

पलको नाम मेघराज खत्रीरहेको जनाउँदै निर्देशक राउतले पात्रको परिचय दिने फोटो सार्वजनिक गरेका हुन । सार्वजनिक फोटोमा शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देख्न सकिन्छ।

उनले शिरमा भादगाउँले टोपी लगाएका छन भने बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएको देखिएको छ ।

यो चलचित्रमा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको निर्देशक राउतले बताउँदै आएका छन् ।

  • न्युज बहार संवाददाता

थप