Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘पुजार सार्की’मा अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ। नेपाली चलचित्र जगतमा पछिल्लो समय प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह तीन नायकको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को चर्चा राम्रै भइरहेको छ । ‘पुजार सार्की’ निर्देशक दिनेश राउतले यसै चर्चाबिच यस फिल्ममा अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । यसअघि नै पुजार सार्कीमा प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने सार्वजनिक भइसकेको छ ।

पलको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै निर्देशक राउतले पात्रको परिचय दिने फोटो सार्वजनिक गरेका हुन । सार्वजनिक फोटोमा शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देख्न सकिन्छ।

उनले शिरमा भादगाउँले टोपी लगाएका छन भने बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएको देखिएको छ ।

यो चलचित्रमा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको निर्देशक राउतले बताउँदै आएका छन् ।

  • न्युज बहार संवाददाता

थप