असोज २, काठमाडौँ
। फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ । संविधान
दिवसको अवसरमा हलमा प्रदर्शन हुन लागेको फिल्मको हिजो मंगलबार आयोजित प्रिमियर
समारोहमा राजनीतिज्ञ फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति
रहेको थियो ।
प्रिमियरका
फिल्म हेर्नका लगि फिल्ममेकर , रामबाबु गुरुङ, निश्चल बस्नेत, रेनशा राई, घनश्याम लामिछाने, लुनिभा तुलाधर,
गौमाया
गुरुङ लगायत हलमा
पुगेका थिए ।
प्रिमियरमा
राप्रपा सांसद ज्ञानेन्द्र शाही पनि देखिएका थिए भने फिल्म छायांकन भएको थलो पूर्वी रुकुमका
स्थानीय पनि प्रिमियरमा सहभागी रहेका थिए ।
यो फिल्मका
निर्देशक अशोक थापा हुन । यस फिल्मले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएकाको
परिवारको कथा पेश गरेको छ । फिल्ममाधीरज मगर र उपासना ठकुरी शीर्ष भूमिकामा रहेको
छ ।
- न्युज बहार संवाददाता