फागुन २३,काठमाडौं। ‘छक्कापञ्जा ४’ फिल्मले अहिले घरेलु बक्स अफिसमा आक्रामक कमाइ
गरिरहेको छ। १४० हलमा एकै साथ प्रदर्शन आएको र अहिले प्रदर्शन भइरहेको यो फिल्मले प्रदर्शनको चार दिनसम्म
६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको जानकारी प्राप्त
भएको छ। यही गएको शुक्रबारबाट
प्रदर्शनी सुरु गरेको फिल्मको सुरुवाती दुई दिनमा तीन करोड कमाएको थियो। फिल्मले सोमबार होलीको बिदाको अबसरमा एकै दिन डेढ करोडभन्दा बढी ग्रस कमाएको बताइएको छ।
आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड
हाराहारीमा रह्यो थियो। ब्यांकटेस वितरण कम्पनीले ‘छक्कापञ्जा ४’ को चार दिनको कमाइ झण्डै ६ करोड
हाराहारीमा रहेको जनाएको छ । वितरक मनोज राठीले पनि, ‘छक्कापञ्जा ४ को यो कमाइलाई
एउटा लहरको रुपमा हेर्नुपर्ने र यसको कमाइ तत्कालै रोकिने छाँटकाँट नदेखिएको बताए।
- न्युज बहार संवाददाता