पुस २७, काठमाडौँ
। पप संगीतका राजाका रुपमा चर्चित माइकल ज्याक्सनबारेको बायोपिक फिल्म तयार हुन
लागेको छ । यो फिल्मको प्रदर्शन मिति आगामी सन् २०२५ मा घोषणा गरिएको छ ।
यो फिल्ममा
गायनसँगै आफ्ना सिग्नेचर डान्स स्टेपका कारण प्रसिद्ध ज्याक्सनको चाखलाग्दो कथा
पछाडिको व्यक्तित्वलाई चित्रण गरिने जनाइएको छ । युनिभर्सलले अन्तर्राष्ट्रिय
बजारमा र लायन्सगेटले उत्तर अमेरिकामा यो
फिल्मलाई रिलिज गर्ने भएको छ ।
यस फिल्ममा
माइकल ज्याक्सनको भतिजा जाफर ज्याक्सनले डेब्यु गरी मुख्य भूमिकामा अभिनय गर्नेछन।
यो फिल्मलाई एन्टोइन फुकाले निर्देशन गर्नेछन ।
- न्युज बहार संवाददाता