माघ २८, बलिउड एजेन्सी । शाहरुख खानको फिल्म ‘पठान’ले विश्वव्यापी बक्स अफिस कलेक्शनमा नयाँ रेकर्ड बनाएको छ। फिल्मले दुई सातामा सबैभन्दा बढि कमाउने फिल्मको रेकर्ड बनाएको हो। फिल्मले भारतमा ५५८.४० करोड र विदेशमा ३४२.६० करोड रुपैयाँ गरी ९०१ करोड रुपैयाँ कमाएको यशराज फिल्म्सकाले जानकारी दिएको छ ।
फिल्म्सले तेस्रो शुक्रबार पनि भारतमा ५ करोड ९० लाख रुपैयाँ कमाएको एजेन्सी बताएको छ। ‘पठान’ले पहिलो दिन भारतमा ५७ करोड कमाएको थियो।
फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज भएको थियो र रिलिज भएको दिनदेखि नै शाहरुख खानको यो फिल्मले दिनहुँ कमाइको नयाँ रेकर्ड बनाइरहेको छ।
शाहरुख खान चार वर्षपछि ‘पठान’ बाट पर्दामा फर्किएका हुन्। फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन्।