असोज २१,
काठमाडौँ । चलचित्र सम्बद्ध ९ सङ्घ संस्थाले पछिल्लो समय चलचित्र विधेयकको विषयलाई
लिएर चलचित्र विकास बोर्डले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय
गरेको छ । चलचित्र सङ्घ, चलचित्र
निर्माता सङ्घ, निर्देशक
समाज, कलाकार सङ्घ, आदिवासी चलचित्रकर्मी महासंघ, प्राविधिक सङ्घ, चलचित्र संघलगायत चलचित्र
सम्बन्धी ९ वटा सङ्घ संस्थाको बसेको सामूहिक बैठकले यो निर्णय गरेको हो ।
यसै
विषयमा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने ‘जबसम्म बोर्डले प्रस्तावित
चलचित्र विधेयकको मस्यौदा हाम्रो मागअनुसार सच्याएर मन्त्रालयमा पठाउँदैन । तबसम्म
हामी चलचित्रसम्बन्धी कुनै सङ्घसंस्था चलचित्र विकास बोर्डले आयोजना गर्ने
कार्यक्रममा सहभागी हुँदैनौ र यो हामी सबै सङ्घसंस्थाको एकमुष्ट आधिकारिक निर्णय
हो।’
हालै चलचित्र
सम्बन्धी ९ सङ्घ संस्थाको बसेको बैठकले यो निर्णय गरेको खड्काको भनाई रहेको छ ।
सञ्चार
तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र बोर्ड अध्यक्ष भुवन केसीलाई शुक्रवार
बोर्डबाट प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन ९ सङ्घ संस्थाको
प्रतिनिधिले, भेट
गर्दै पत्र समेत दिएका छन ।
- न्युज बहार संवाददाता