जेठ ३२, काठमाडौँ। बेटिङ एप मा सट्टेबाजी गरेको आरोपमा ८ जना पक्राउ परेका छन।
प्रतिबन्धित
अनलाइन बेटिङ
एप 'वान एक्स
बेट'मा
सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका हुन।
उक्त कार्यमा संलग्न रहेको आरोपमा आठ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको स्रोतले जनाएको छ।
वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकार समेत पक्राउ परेका छन। पक्राउ पर्नेमध्ये एक जना 'बल्छी ध्रुबे' नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जानकारी गराएको छ।
- न्युज बहार संवाददाता