असार २०,
काठमाडौँ । अहिले दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स
अफिसमा आफनो दबदबा बनाएको छ । फिल्म कल्कीको कमाइले नयाँ उचाइ छोएको छ ।
ग्लोबल
बक्स अफिसबाट फिल्मले ६ सय करोडभन्दा बढी कमाएर नयाँ कीर्तिमान बनाएको हो । सामाजिक
सञ्जालमा फिल्मका निर्माता बैजयन्ती मुभिजले आफ्नो कलेक्सनको अपडेट शेयर गरि
जानकारी दिएको छ ।
२७ जुनमा
कल्की २८९८ एडी रिलिज भएको थियो । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा करिब ३९३
करोड ४० लाख भारुको व्यापार गरेको थियो । भारतमा ७ दिनमा फिल्मको ग्रस कलेक्सन ४४१
करोड ५० लाख भारु पुगेको स्याकनिल्कको रिपोर्टले जनाएको छ ।
त्यस्तै फिल्मले
विदेशी बक्स अफिसमा १६८ करोड ५० लाख भारु कमाएको छ । यसरी हेर्दा फिल्मको ७ दिनको कुल
कलेक्सन करिब ६१० करोड भारु रहेको छ ।
- न्युज बहार संवाददाता