साउन ६, काठमाडौँ । फिल्म ‘जारी’ प्रदर्शनको सय दिन पुरा गरेको छ। दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ प्रदर्शनको शनिबार सय दिन पुगेको हो ।
बैशाख १ गते नयाँ वर्षमाका दिन देखी प्रदर्शनमा आएको फिल्मले शनिबार केही नेपाली हलमा सय दिनको उपलब्धी हासिल गरेको हो ।
फिल्मका निर्माता रामबाबु गुरुङले बिग मूभिज, क्यूएफएक्सको सेन्ट्रल सिनेमा, र एफक्यूब हलमा सयदिन प्रदर्शन भएको बताएका छन ।
यता अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरसहित फिल्मका क्रिउ मेम्बरले सामाजिक संजालमार्फत सयौँ दिनको खुशि व्यक्त गरिरहेका छन् ।
चलचित्र विकास बोर्डले जनाए अनुसार उपेन्द्र सुब्बा निर्देशित यो फिल्मले नेपाली बक्सअफिसमा असार अन्तिम दिन सम्म १७ करोड १७ लाख ९५ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ ।
- न्युज बहार संवाददाता