साउन ३०, काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य बृद्धी भएको छ । पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको पनि मूल्यवृद्धि भएको जानकारी गराएको छ ।
आज मंगलबार बसेको निगमको सञ्चालक समितिको बैठकले पेट्रोल लिटरमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले मुल्य बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।
अब नयाँ मुल्य अनुसार डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ र पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
- न्युज बहार संवाददाता