Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नुवाकोटमा बाढीको ठूलो असर, वेत्रावतीमा सबैभन्दा बढी क्षतिको अनुमान

  •   २ महिना अघि | १० भदौ २०८३, बुधबार

भदौ १०, काठमाडौँ । तिब्बततर्फबाट रसुवा हुँदै आएको आकस्मिक बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण वेत्रावती, त्रिशूली र देवीघाट क्षेत्र प्रभावित भएका छन् भने विदुरस्थित सेन्ट्रल जेलसमेत डुबानमा परेको प्रारम्भिक विवरण आएको छ।

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार नुवाकोटमा बाढीबाट सबैभन्दा बढी असर वेत्रावती बजारमा परेको छ। बाढीले त्रिशूली बजारमा समेत क्षति पुर्‍याएको तथा देवीघाट बजार डुबानमा परेको उनले जानकारी दिएका छन्।

मेयर श्रेष्ठका अनुसार बिहान करिब ९ बजेतिर बाढी नुवाकोटतर्फ आएको जानकारी प्राप्त भएको थियो। त्यसपछि नदी आसपासका क्षेत्रमा बाढीको बहाव तीव्र बनेको र तटीय क्षेत्रका विभिन्न संरचना प्रभावित भएको प्रारम्भिक जानकारी आएको हो।

बाढीको वास्तविक क्षतिको विवरण भने अझै संकलन भइरहेको छ। नदीको बहाव बढिरहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

हालसम्म प्राप्त विवरणअनुसार वेत्रावती क्षेत्र सबैभन्दा बढी प्रभावित देखिएको छ भने त्रिशूली र देवीघाटमा पनि बाढीले उल्लेख्य असर पुर्‍याएको छ। उद्धार तथा क्षतिको यकिन विवरण संकलनका लागि सम्बन्धित निकाय सक्रिय रहेको जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप