साउन ३०, काठमाडौँ । ठमेलको लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत राजस्व अनुसन्धान विभागले शुक्रबार उक्त अभियोगमा क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको थियो। राजस्व अनुसन्धान विभाग स्रोतले गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको जनाएको छ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको पुष्टि गरेका छन। ढुंगानाले भने ‘ठूलो करछलीको सूचना पछि क्लबको सबै कारोबार खाता नियन्त्रणमा लिएका छौँ, अहिले थप अनुसन्धान भइरहेको छ ।’
यसै विषयमा एलओडी नाइट क्लबका सञ्चालकहरु भुपेन कुवँर, रुदीप श्रेष्ठ, श्याम सुन्दर अग्रवाल र राजु सिंह सुवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको छ ।
- न्युज बहार संवाददाता