असोज ९, कास्की
। बजार अनुगमनका क्रममा पोखरामा म्याद सकिएको सामान बिक्री गर्ने गरेको भेटिएछी
रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना तिराइएको छ।
बजार अनुगमनलाई निरन्तरता दिने क्रममा जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले अनुगमन समितिले म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको भेटिएछी मीनबहादुर शेरचन स्टोर्सलाई सो रकम जरिवाना गराएको बताएका हुन ।
- न्युज बहार संवाददाता