मंसिर २, गण्डकी । गएको कात्तिक महिनामा अन्नपूर्ण संरक्षण क्षेत्रमा २४
हजार चार सय नौ पर्यटकको आगमन भएको छ । यसरी घुम्न आउनेमा पर्यटकमा दक्षिण एसियाली
मुलुकका सात हजार चार सय ७९ र अन्य मुलुकका १६ हजार नौ सय ३० पर्यटक रहेका छन् ।
२०८० साल
सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेको अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाले जानकारी
दिएका छन । त्यस क्षेत्रमा वैशाख महिनामा ३१ हजार नौ सय ५१ र असोजमा २८ हजार सात
सय पाँच पर्यटकले घुमेका थिए । ‘एक्याप’ प्रमुख डा कडरियाले सबैभन्दा कम साउनमा पाँच हजार चास सय एक
पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको बताए ।
गत
वर्षभन्दा अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको
सङ्ख्या अहिले बढेको हो ।
- न्युज बहार संवाददाता