Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दसैँ विदा अगाडिको अन्तिम कारोबार दिन घट्यो नेप्से

  •   ३ वर्ष अघि | २ कार्तिक २०८०, बिहिबार

कार्तिक २, काठमाडौँ । आज बिहिबार नेप्से परिसूचक ४.०५ अंक (०.२१ प्रतिशत)ले घटेर १९०३.८४ बिन्दुमा बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

२८४ स्टकको २५ हजार ५२० पटकको कारोबारमा ९७ करोड ६ लाख १२ हजार रुपैयाँ बराबरको ३७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसदिन सिटिजन्स म्युचुअल फण्ड २ को सेयर मुल्य सर्वाधीक ५.८७ प्रतिशतले बढेको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२५ प्रतिशत घटेको छ ।

आज नेप्सेमा नबिल बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।  सर्वाधिक कारोबार हुने दोस्रो कम्पनिमा प्रभु बैंकको संस्थापक सेयर रहेको छ।

कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ ।

यसदिन जलविद्यूत उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ भने बैंकिङ्ग, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।

  • न्युज बहार संवाददाता

थप