Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नेप्से ३८.३७ अंकले घट्दा कारोबार रकम २ अर्ब ६८ करोड।

  •   ३ वर्ष अघि | २१ साउन २०८०, आइतवार

साउन २१, काठमाडौँ । आइतबार साताको पहिलो दिन सेयर बजार नेप्सेमा उच्च गिरावट आएको छ ।

यस दिन बजार ३८.३७ अंक (१.८३ प्रतिशत) ले घटेर २०५१.४७ विन्दुमा बन्द भएको छ । आइतबार २६५ धितोपत्रको ६१ हजार ९१७ कारोबारबाट ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ । उक्त धितोपत्र किनबेचबाट कारोबार रकम भने २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको भएको छ ।

आज बजारमा वित्त, होटल तथा पर्यटन र व्यापार उपसूचकमा बढी गिरावट आएको छ । 

आजैदेखी कारोबारमा आएका आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको भने आज सकारात्मक सर्किट लेवलमा कारोबार भएको थियो ।

  • न्युज बहार संवाददाता

थप