Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब सेयर कारोबार गर्नका लागि राष्ट्रिय परिचय पत्र चाहिने

  •   १ वर्ष अघि | १७ साउन २०८२, शुक्रबार

साउन १६, काठमाडौँ । अब सेयर कारोबार गर्नका लागि नयाँ नियम लागु हुने भएको छ । सेयर कारोबारको लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाता खोल्नको लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।

ग्राहक पहिचान (केवाईसी)लाई नेपाल धितोपत्र बोर्डले राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । नेपाल स्टक एक्स्चेन्जले सोही निर्देशन बमोजिम सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको हो ।

ग्राहकले अब राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने छ  भने हालसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएको थियो ।

नेप्सेले साथै यसअघि नै कारोबार खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) प्रयोग गरिरहेकालाई पनि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराउनेगरी काम गर्न ब्रोकर कम्पनीहरुलाई आग्रह गरेको छ ।  

  • न्युज बहार संवाददाता

थप