असोज १, काठमाडौँ । भोली (मंगलबार) हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको छ । असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड गर्ने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागी भदौ २१ देखि भदौ २५ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । सर्वसाधारणका लागि कम्पनीले कुल २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो।
प्रति कित्ता शेयर मूल्य ५०
रुपैयाँमा कम्पनीले शेयर निष्कासन गरेको थियो । प्रति कित्ता
५० रुपैयाँमा शेयर निष्काशन गर्ने हाथवे पहिलो कम्पनी बनेको छ ।
- न्युज बहार संवाददाता